Comments Add Comment

सन्तानलाई गरेजस्तै माया बोटबिरुवालाई पनि गरौं : प्रधानमन्त्री

Photo Credit : विकास श्रेष्ठ/अनलाइनखबर

१४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वृक्षारोपण अभियानको शुभारम्भ गर्दै अब काठमाडौं हराभरा बन्ने बताएका छन् । उनले सन्तानलाई गरेजस्तै माया बोटबिरुवालाई गर्न आह्वान पनि गरे ।

कोटेश्वर सडक किनारमा नासपातीको बिरुवा रोपेपछि प्रधानमन्त्री ओलीले भने, ‘हामीले रोपेका विरुवालाई आफ्ना सन्तान सरह माया गरेर हुर्काउनु पर्दछ । अबको प्रतिष्पर्धा विरुवा संरक्षणमा हुनुपर्छ ।’

‘यो सरकारको मात्र होइन जनजनको कार्यक्रम हो,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा पुर्खाले विरुवा र मानवको सम्बन्ध उहिल्यै पत्ता लगाएका थिए । उनीहरुले विरुवाको संरक्षण गर्थे । हामीले पनि त्यो कुराको अनुकरण गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment