
१४ असार, काठमाडौं । तनहुँको दमौलिमा रहेको अल ओभर मिडिया नेटवर्क प्रालिद्वारा संचालित व्यास एफएम ९२ मेगाहर्जÞको ब्यास ५ मानुङकोटस्थित प्रशारण केन्द्रमा अगलागी भएको छ ।
आगलागीबाट रेडियोको प्रशारण सामग्रीहरु ट्रान्सिमिटर, युपीएस, ब्याटि्र, सोलर चार्जर, एसटीएल लिंक, वायरलेस डिवाइस लगायत पूर्ण रुपमा नष्ट भएको छ । साथै सोलर लगायतका भवन बाहिरका सामग्रीमा आंशिक क्षति पुगेको छ ।
अगालागीबाट झण्डै १० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको अध्यक्ष सागर गिरीले जानकारी दिए । साउण्ड अपलिंकमा समस्या आएको कारण रेडियो प्रसारण केही बन्द रहेको थियो ।
प्रसारण केन्द्र बस्तीबाट टाढा रहेकोले के कारणले आगलागी यकिन भएको छैन । पछि मर्मतका लागि जाँदा आगालागीबाट प्रसारण सामग्रीहरू जलेर नष्ट भएको थाहा पाइएको थियो ।
प्रसारण सामाग्रीहरु जलेर नष्ट भएपछि अहिले केही समयका लागि जिल्लाको अर्को रेडियोको ट्रान्सिमिटर प्रयोग गरेर स्टुडियो भएको भवनबाटै आंशिक रुपमा प्रसारणमा ल्याइएको छ ।
प्रतिक्रिया 4