Comments Add Comment

मधेसी र थारु समुदायमा नेकपा लोकप्रिय छैनः त्रिपाठी

१४ असार, काठमाडौं । सांसद हृदयेश त्रिपाठी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अझै मधेसी र थारु समुदायमा लोकप्रिय नरहेको बताएका छन् ।

मदन भण्डारी स्मृति दिवसको अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा त्रिपाठीले ०४८ मा भण्डारीले मधेसमा वाम आन्दोलन किन लोकप्रिय हुन सकेन भनेर सोधेको स्मरण गरे । उनले अहिले पनि नेकपा मधेसी र थारु समुदायमा लोकप्रिय नरहेको बताए । त्यसका लागि नीति र कार्यक्रम नै नभएको उनको तर्क छ ।

१६५ निर्वाचन क्षेत्र मध्ये ५९ मा थारु तथा मधेसी समुदाय निर्णायक रहेको भन्दै उनले गम्भिर हुन नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डलाई आग्रह गरे । तराई मधेसमा ३० प्रतिशत मतदाता कांग्रेसका वंशज भोटेर भएको र जति गाली परेपनि उनीहरुलाई नै भोट हाल्ने उनको विश्वलेषण छ ।

बाँकी ७० प्रतिशत ठाउँ खाली रहेको भन्दै उनले वाम आन्दोलनको फुर्तीफार्ती राजमार्गसम्म मात्र किन रहन्छ भन्ने सोच्न आग्रह गरे । उनले अघि भने, ‘कम्युनिस्ट पार्टीले गर्न नसक्ने अनि हिन्दु गए, पृथकतावादी गए भनेर रोएर हुन्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment