+
+
Shares

टिप्परको ठक्करबाट मजदुरको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १४ गते २०:३३

१४ असार, बुटवल । रुपन्देहीको सैनामैनामा टिप्परको ठक्करबाट एक मजदुरको ज्यान गएको छ ।

सैनामैना नगरपालिका १० कटानीचोकमा दक्षिणबाट उत्तरतर्फ जांदै गरेको ना ८ ख ३४०९ नम्बरको टिप्परले ठक्कर दिंदा नाम ठेगाना नखुलेका अन्दाजी ४० वर्षका मजदुरको ज्यान गएको हो ।

सडक छेउमा बन्दै गरेको घर निर्माणको काम गर्दै गरेका मजदुरलाई टिप्परले ठक्कर दिँदा गम्भीर घाइते भएकामा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा साँझ ५ बजेतिर ज्यान गएको इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीले जनाएको छ । ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?