
१४ असार, बुटवल । नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले नेकपाको दुई तिहाई वहुमतको सरकारले पत्रकारहरुलाई समेत रुनवाट बञ्चिन गर्न लागेको बताएका छन् ।
चुनावको बेला कम्युनिष्टको सरकार आए रुन पनि पाइँदैन भन्दा पत्रकारहरुले नै हाँसोमा उडाएको तर, अहिले समाचार लेख्दा पनि पत्रकारलाई पक्राउ गरेर सरकारले रुन पनि नदिएको भन्दै नेता सिंहले व्यंग्य गरे ।
शनिबार रुपन्देहीको सैनामैनामा आयोजित कार्यक्रममा नेता सिंहले नेकपाको सरकारले कुनै क्षेत्रमा राम्रो काम गर्न नसकेको बरु ठूलठूला भ्रष्टाचार काण्डमा मुछिएर गन्हाएको आरोप लगाए । ३३ किलो सुन काण्ड कहाँ गयो ? ४ अर्बको वाइडबडी छानविन खोइ ? भन्ने प्रश्न गर्दै उनले सरकारले आम नागरिकलाई सुरक्षा र सुशासनको प्रत्याभूति दिन नसक्ने बताए ।
मेलम्चीको पानी काठमाडौंमा ल्याउन नसक्ने सरकारले पानीजहाजको सपना देखाएर जनताको अपमान गरेको उनको आरोप छ ।
प्रतिक्रिया 4