Comments Add Comment

अष्ट्रेलियाले न्यूजिल्याण्डलाई ८६ रनले हरायो, स्टार्कले लिए ५ विकेट

न्युजिल्याण्डका ट्रेन्ट बोल्टले गरे ह्याट्रिक

१५ असार, काठमाडौं । विश्वकप क्रिकेटको ३७ औं प्रतिस्पर्धामा अष्ट्रेलियाले न्यूजिल्याण्डलाई ८६रनले हराएको छ । अष्ट्रेलियाको यो सातौं जित हो । ऊ १४ अंकको साथ तालिकको शीर्ष स्थानमा कायम छ ।

शनिबार लर्ड्समा पहिले ब्याटिङ गर्दै अष्ट्रेलियाले ५० ओभरमा ९ विकेटको क्षतिमा २४३ रन बनाएको थियो । जवाफमा न्युजिल्याण्डको टिम ४३.४ ओभरमा १५७ रनमा अलआउट भयो ।

ट्रेन्ट बोल्ट

न्युजिल्याण्डका ट्रेन्ट बोल्टले अन्तिम ओभरमा ह्याट्रिक गरे । उनले उस्मान ख्वाजा, मिशेल स्टार्क र जेसन बेहरेनडार्फलाई आउट गरे । वर्ल्ड कपमा ह्याट्रिक गर्ने उनी आफ्नो देशको पहिलो बलर पनि बने ।

जारी वर्ल्ड कपमा यो दोस्रो ह्याट्रिक हो । यसअघि अफगानिस्तानविरुद्ध मोहम्मद शमीले पनि ह्याट्रिक गरेका थिए ।

लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले ४० र रोस टेलरले ३० रन बनाए । यी दुईले तेस्रो विकेटका लागि ५५ रनको साझेदारी गरे ।

मिशेल स्टार्क

अष्ट्रेलियाका लागि मिशेल स्टार्कले ५ विकेट लिए । स्टिभ स्मिथले एक विकेट लिए ।

अष्ट्रेलियाका उस्मान ख्वाजाले ८८ रन योगदान गरे । एलेक्स केरी ७१ रन योगदान गरे । ख्वाजा र केरीले छैठौं विकेटका लागि १०७ रनको साझेदारी गरे ।

न्युजिल्याण्डका लागि बोल्टले ४ विकेट लिए । फर्गुसन र जेम्स निसमले २-२ तथा केन विलियम्सनले एक विकेट हासिल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment