+
+
Shares

भारतको नजर सेमिफाइनल, इंग्ल्यान्ड रोक्ने दाउमा

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १५ गते ७:३०

१५ असार, काठमाडौं । विश्वकप क्रिकेटमा आज भारत र इंग्ल्यान्ड प्रतिष्पर्धा गर्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

दुवै देशको एउटै दाउ छ– प्रतिस्पर्धीलाई पराजित गरेर सेमिफाइनल पुग्ने । ६ खेलसम्म अपराजित यात्रालाई कायमै राखेको भारत स्पष्ट जितको खोजीमा हुनेछ । तर इंग्ल्यान्ड भने भारतलाई रोक्न चाहन्छ ।

अंक तालिकाको दोस्रो स्थानमा रहेको भारतको ६ खेलबाट ५ खेलमा जित र एक खेल भने वर्षाका कारण रद्द भएपछि अंक बाँड्दै उसले ११ अंक बनाएको छ । इंग्ल्यान्डलाई पराजित गरे भारत दुई खेलअघि नै विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गर्नेछ ।

इंग्ल्यान्ड अंक तालिकाको पाँचौं स्थानमा छ । ७ खेलमध्ये चार खेलमा जित र तीन खेलमा हार ब्यहोरेको इंग्ल्यान्डको ८ अंक छ ।

भारत टिम

विराट कोहली (कप्तान) रोहित शर्मा, युजभिन्द्र चाहाल, मेहन्द्रसिंह धोनी, केदार जाधव, कुलदीप यादव, मोहम्मद शामी, केएल राहुल, जस्प्रित बुमराह, रिषभ पन्त, रवीन्द्र जडेजा, दिनेश कार्थिक, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, विजय शंकर ।

इंग्ल्यान्ड टिम

इओइन मोर्गन (कप्तान), जोनी बैरस्टोव, टोम कुरान, लियाम प्लुंकेट, जोइ रुट, बेन स्टोक्स, क्रिस वोकस, मोइन अली, जोस बुटलर, आदिल रशिद, जासन रोय, मार्क वोड, जोफ्रा आर्चर, जेम्स भिन्स र लियाम डवसन ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?