Comments Add Comment

अमेरिका-चीन ब्यापार युद्ध रोकियो, हुवावेको प्रतिबन्ध हट्यो

Photo Credit : Fox News

१५ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति शी जिनपिङबीच ब्यापारिक मुद्दामा नयाँ शिराबाट वार्ता गर्ने सहमति भएको छ । यसले विश्वका दुई शक्तिशाली देशबीच जारी ब्यापार युद्ध तत्कालका लागि कम भएको मानिएको छ ।

जी-२० शिखर सम्मेलनमा भाग लिन जापानको ओसाका पुगेका ट्रम्प र शी जिनपिङबीच शनिबार भेटवार्ता भएको थियो । यो भेटलगत्तै अमेरिका र चीन व्यापार वार्ता फेरि थाल्न सहमत भएका हुन् ।

यो सहमतिसँगै विश्वले आर्थिक मन्दीबाट केही राहत पाउने आश गरिएको छ ।

हुवावेको प्रतिबन्ध हट्यो

अमेरिकी राष्ट्रपति ट्रम्पले चीनको सबैभन्दा ठूलो सूचना प्रविधि कम्पनीमध्ये एक हुवावेलाई बिक्री जारी राख्न अनुमति दिएका छन् । ट्रम्पको यो घोषणालाई ठूलो छुटका रुपमा हेरिएको छ । यो घोषणा यसकारण पनि महत्वपूर्ण छ कि यसअघि अमेरिकाले चीनलाई अतिरिक्त व्यापारिक प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

ट्रम्पले आगामी दिनमा बेइजिङसँग वार्ता जारी राख्ने पनि बताएको बीबीसीले जनाएको छ ।

चीनले हुवावेका उत्पादनमार्फत जासुसी गरिरहेको आरोप अमेरिकाले लगाउँदै आएको थियो भने चीनले आरोपको खण्डन गर्दै आइरहेको थियो । यही विवादका कारण अमेरिकाले चिनियाँ उत्पादनहरुमा अतिरिक्त कर लगाएपछि दुवै देश ब्यापार युद्धको अवस्थामा आएका थिए ।

यही बीचमा अमेरिकाले आफ्नो देशमा हुवावेका उत्पादन प्रयोग नगर्ने निर्णय गर्दै हुवावेका उत्पादनहरूमा युट्युब, गुगल म्याप जस्ता फिचर्स नराख्ने निर्णय गरेको थियो ।

यो पनि पढ्नुहोस हुवावेलाई प्रयोगकर्ताको साथ, कम्पनीद्वारा ग्राहकलाई कुनै फरक नपर्ने ‘ग्यारेन्टी’ यो पनि पढ्नुहोस हुवावेको अपरेटिङ्ग सिस्टम एन्ड्रोइडभन्दा ६० प्रतिशत धेरै तेज यो पनि पढ्नुहोस हुवावे अलग हुँदा गुगलका ८० करोड प्रयोगकर्ता गुम्ने, यस्तो छ हुवावेको तयारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment