Comments Add Comment

‘आइफा’ अवार्ड बिफल बनाउन भौतिकरुपमै उत्रने चेतावनी

१५ असार, काठमाडौं । नेपालमा हुन लागेको बलिउड इन्टरनेश्नल फिल्म अवार्ड (आइफा)लाई आर्थिक सहयोग गर्ने सरकारको निर्णयविरुद्ध आज माइतीघर मन्डलामा प्रदर्शन हुने भएको छ ।

उक्त भारतीय फिल्म अवार्डलाई मन्त्रिपरिषदलेे साढे ४४ करोड २५ लाख रुपैयाँ खर्च गर्ने निर्णय गरेको थियो । यस्तो निर्णयको फिर्ताको माग गर्दै स्वतन्त्र राष्ट्रिय अभियानले आज साँझ विरोध प्रदर्शन गर्न लागेको हो ।

अभियानका संयोजक स्वागत नेपालले भने, ‘हामीले अवार्ड असफल बनाउनका लागि विमानस्थलदेखि कलाकार बस्ने होटेलसम्मै भौतिक रुपमा अवरोध खडा गर्नेछौँ ।’

अभियानले नेपाल सरकारको यस्तो निर्णयलाई भ्रष्टाचारपूर्ण भएको बताएको छ ।

आइफा अवार्ड विजक्राफ्ट इन्टरन्याशनल इन्टरटेन्मेन्ट प्रा. लि.ले आयोजना गर्न लागेको हो । निजी कम्पनीलाई नेपाल सरकारले कानुनीरुपमै त्यसरी पैसा दिन नमिल्ने संयोजक नेपालले बताए ।

यस विरोधमा नेपालका थुप्रै कलाकारहरुको समेत ऐक्यवद्धता रहेको उनले बताए । अवार्ड कार्यक्रम अगस्तको अन्तिम साता हुने नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । मन्त्रिपरिषदले नेपालमा हुने आइफा अवार्ड नेतृत्वको जिम्मा पर्यटन बोर्डलाई दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment