+
+
Shares

सुदूरपश्चिमको प्रदेशसभा बैठक चौथोपटक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १५ गते १६:४७

१५ असार, कैलाली । प्रदेश सरकारले प्रस्तुत गरेको अगामी आर्थिक वर्ष ०७६/७७ को बजेटको विरोधमा रहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपा उपस्थित नभएपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक कार्यसूचीमा प्रवेशै नगरी चौथो पटक स्थगित भएको छ।

आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक प्रतिपक्षी दलको अनुपस्थित रहेपछि सभामुख अर्जुनबहादुर थापाले प्रतिपक्षी दलको सभामा उपस्थिती नरहेको भन्दै असार १७ गतेसम्मका लागि बैठक स्थगित गरेको घोषणा गरे ।

तर प्रतिपक्षी दलले आफूहरु सरकारसँग बार्तामा रहेका बेला मुख्यमन्त्री त्रिलोचन भट्टले सभामुखलाई टेलिफोन सम्पर्क गरी बैठक स्थगीत गर्न आग्रह गरेका कारण उपस्थिति नजनाएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता डा.रण बहादुर रावल बताए ।

उनले सरकारसंगको बार्ता सकारात्मक कोणबाट अगाडि बढेकाले छिट्टै निष्कर्षमा पुग्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?