+
+
Shares

सर्लाहीमा प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु

प्रदर्शनकारीसँगको झडपमा केही प्रहरी घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १५ गते २१:४३

१५ असार, काठमाडौं । सर्लाहीमा प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएको छ ।

ईश्वरपुर नगरपालिकामा शनिबार एक बालकको मृत्यु भएको विषयलाई लिएर राजमार्गमा प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा स्थानीय सत्यनारायण महतोको मृत्यु भएको हो ।

खोलामा बालुवा झिकेको खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि स्थानीय वासिन्दाले बालकको शवसहित राजमार्गमा प्रदर्शन गरेका थिए । राजमार्गको अवरोध खुलाउने क्रममा प्रहरीमाथि आक्रमण भएपछि गोली चलाएको सर्लाहीका प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

अराजक भिड प्रहरीमाथि आक्रमण आक्रमण गरेपछि प्रहरीकै ज्यान जाने अवस्था आयो, त्यसपछि बाध्य भएर गोली चलाइएको हो’ उनले अनलाइनखबरसँग टेलिफोनमा भने । सम्झाई बुझाई गर्ने, अश्रुग्यास हान्ने, हवाई फायर गर्ने सबै उपाय अपनाउँदा पनि भीड शान्त नभएपछि गोली चलाएको उनको भनाइ छ ।

एसपी भट्टराईका अनुसार प्रदर्शनकारीको आक्रमणबाट १० भन्दा धेरै प्रहरी र केही सशस्त्र प्रहरी घाइते भएका छन् । प्रहरीको गोली लागेर अर्का एक प्रदर्शनकारी पनि घाइते भएका छन् । उनको तिघ्रामा गोली लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?