Comments Add Comment

अन्तर्राष्ट्रिय वित्तीय साक्षरता सम्मेलन मंगलबारदेखि

१५ असार, काठमाडौं । आगामी मंगलबारदेखि वित्तीय साक्षरता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौं शुरु हुने भएको छ । नेपाल धितोपत्र बोर्डको आयोजनामा आगामी मंगलबारदेखि उक्त सम्मेलन आयोजना हुने भएको हो ।

आइतबार पत्रकार सम्मेलन गरेर बोर्डले सम्मेलनबारे जानकारी दिएको छ । बोर्डका अनुसार दुई दिनसम्म चल्ने सम्मेलनमा विश्वका विभिन्न मुलुकबाट सय बढी प्रतिनिधि सहभागी हुनेछन् ।

सम्मेलनमा वित्तीय साक्षरता सम्बन्धी कार्यपत्र प्रस्तुत गरिने र नेपाल सहित यस क्षेत्रमा रहेका वित्तीय साक्षरता सम्बन्धमा देखिएका चुनौती र अवसरहरुको बारेमा छलफल हुने बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले बताए ।

दी अर्गनाईजेशन फर इकोनोमिक कोअपरेशन एण्ड डेभलपमेन्ट (ओइसीडी) अन्तर्गतको इन्टरनेशनल नेटवर्क अन फाइनान्सियल एजुकेशन (आईएनएर्फइ) सँगको सहकार्यका धितोपत्र बोर्डले ‘ओईसीडी-सेवन कन्फेरेन्स एण्ड राउण्डटेवल अन फाइनान्सियल कन्जुमर प्रोटेक्सन एण्ड एजुकेशन इन एशिया प्यासिफिक’ विषयक सम्मेलन गर्न लागेको बोर्डले जानकारी दिएको छ ।

आयोजित पत्रकार सम्मेलनमा बोर्डको चाँदीको सिक्काको लोकार्पण समेत गरेको छ । बोर्डले सयको चाँदीको सिक्काको लोकार्पण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment