+
+
Shares

एन्फाको बदमासी : यू–१६ का २५ खेलाडी अयोग्य

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १५ गते २०:३८

१५ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले १६ वर्ष मुनिका लागि छनोट गरेका मध्ये दुई तिहाई खेलाडी बढी उमेरको भएको पाइएको छ ।

अजय रानाको टोलीले गरेको शारीरिक परीक्षणमा ३५ मध्ये २५ जना अनुत्तीर्ण भएको छनोट समितिमा एक प्रशिक्षकले अनलाइनखबरलाई जानकारी दिए ।

एन्फा उपाध्यक्ष तथा युथ कोअर्डिनेटर उपेन्द्रमान सिंहले पाँच जना प्रशिक्षक नियुक्ति गरेर युवा टोली छनोट गरेको थियो । नाम उल्लेख गर्न नचाहने ती प्रशिक्षक भन्छन्, ‘नेपाली फुटबल इतिहासमै यति धेरै खेलाडी असफल भएको मलाई जानकारी छैन ।’

राम्रो भन्दा पनि हाम्रो मान्छे छान्न खोज्दा एन्फाले यति गम्भिर गल्ती गरेको स्रोतको दाबी छ ।

एन्फाको पूर्व अन्तराष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाण्डे यस्तो घटनाले खेलाडी र नेपाली फुटबल दुबैलाई असर पुग्ने बताउँछन् । उनी भन्छन्, ‘यो थाहा पाएपछि छनौट भएपछि पार्टी गरेका खेलाडी र अभिभावकको अवस्था के होला ?’

युथ कोअर्डिनेटर सिंह यू–१६ टीमका लागि ३५ खेलाडी र ७ वैकल्पिक खेलाडीको मेडिकल परिक्षण गरिएको तर, रिर्पोट भोलिमात्रै सार्वजनिक हुने बताउँछन् । ‘रिर्पोट आएपछि एन्फामा छलफल होला, उनले भने  ।

रिर्पोटबारे अनलाइनखबरको प्रश्नमा एन्फा महासचिव इन्द्रमान तुलाधरले झर्किदै भने, ‘रिर्पोटबारे थाहा छैन, मलाई ।’ एन्फा स्रोत भने महासचिव तुलाधरसहित काठमाडौंमा उपलब्ध सबै पदाधिकारीका बीचमा यो विषयमा छलफल भइसकेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?