Comments Add Comment

सैन्य शासनविरुद्ध सुडानमा प्रदर्शन, ७ को मृत्यु

Photo Credit : AFP

१६ असार, काठमाडौं । सैन्य शासनविरुद्ध सुडानमा भएको प्रदर्शनले हिंसात्मक मोड लिँदा ७ जनाको ज्यान गएको छ । कम्तीमा १८१ जना घाइते भएका छन् ।

आइतबार भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरु राष्ट्रपति निवासको निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि भएको झडपका क्रममा हुँदा ७ जनाको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै सुडानको सरकारी सञ्चार माध्यमले जनाएको छ ।

प्रदर्शनको नेतृत्व गरेको विपक्षी दलले भने सरकारी भनाइको खण्डन गरेको छ । सुडान डक्टर्स समर्थक विरोध समितिका अनुसार हिसात्मक प्रदर्शनका क्रममा कम्तीमा ५ जनाको ज्यान गएको छ ।

गत अपि्रलदेखि सुडान अशान्त छ । सुरुमा त्यहाँ राष्ट्रपति ओमर अल बसिरविरुद्ध प्रदर्शन भएका थिए । बसिरविरुद्धको प्रदर्शनबाट हौसिएको सेनाले सन् १९८९ देखि अकण्टक सत्तामा हालीमुहाली गरेका उनलाई अपदस्थ गरेको थियो । र, उनकै सरकारका रक्षा मन्त्रीलाई सैन्य समितिको प्रमुख तोक्यो ।

तर, प्रदर्शनकारीले सैनिक कदम रुचाएनन् । प्रदर्शनमा उत्रिए । जनप्रदर्शनबाट हच्किएको सेनाले निर्वाचन गरेर नागरिकलाई सत्ता हस्तान्तरण गर्ने वचन दियो । यद्यपि, त्यसबाट पनि सुडानका नागरिक सन्तुष्ट हुन सकेका छैनन् । उनीहरु सत्ता नागरिकलाई हस्तान्तरण गर्नुपर्ने माग राखेर संघर्षमा उत्रिएका छन् ।

आइतबारको प्रदर्शन गत जुन ३ मा प्रजातन्त्र पक्षधरहरुले गरेको प्रदर्शनपछिको सबैभन्दा ठूलो भएको बताइएको छ । ३ जुनको प्रदर्शनमा दर्जनौंको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment