Comments Add Comment

‘घर’ हेरेर तर्सिए दर्शक

शर्मिला पाण्डेको लगानीमा तयार भएको हरर चलचित्र ‘घर’ आजबाट रिलिज भएको छ । देशभरका हलमा रिलिज भएको चलचित्र हेरेर दर्शक तर्सिएका छन् । यसैविच, आज बिहान काठमाण्डौको बीग मुभिजमा आयोजना भएको प्रेस शोमा चलचित्र हेर्ने अधिकांश पत्रकारले यो चलचित्रलाई डरलाग्दो बताए ।

उनीहरुले, चलचित्र हेर्दा निकै डर लागेको भन्दै नेपालमा पनि यो किसिमको चलचित्र बन्नु सुखद भएको सुनाए । एउटा घर भित्रको कथालाई प्रस्तुत गरिएको यो चलचित्रलाई अर्पण थापाले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा अर्पण थापा, बेनिशा हमाल, सुरक्षा पन्तको मुख्य भूमिका छ ।

नेपालमा हरर जनराका चलचित्रले राम्रो व्यापार नगरिरहेको समयमा यो चलचित्रबाट भने निर्माणपक्ष आशावादी देखिएको छ । निर्मात्री पाण्डेले चलचित्रको ओपनिङ सुखद भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment