+
+
Shares

माछापुच्छ्रे बैंकको ऋणपत्रमा लगानी आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ७ गते १४:१६

७ साउन, काठमाडौं । माछापुच्छ्रे बैंकको ३० लाख कित्ता ऋण पत्र निस्काशन शुरु भएको छ । एक हजार अंकित दरमा बैंकले सोमबारदेखि ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निस्काशनका लागि आवेदन खुला गरेको हो ।

ऋणपत्रमा बैंकले वार्षिक १०.२५ प्रतिशतको आर्कषक ब्याजदर दिने बताएको छ । एनएमबी क्यापिटल बिक्री प्रबन्धक रहेको १०.२५ माछापुच्छ्रे ऋणपत्र २०८५ नामक ऋणपत्रको कुल निष्काशित ३० लाख इकाईमध्ये सामूहिक लगानी कोषकालाई छुट्याइएको ६० हजारसहित १२ लाख इकाई अर्थात एक अर्ब २० करोड रूपैयाँ बराबरको सर्वसाधारणका लागि खुला छ ।

यस्तै, बाँकी १८ लाख अर्थात एक अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ । इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्ताका लागि आवेदन गर्न सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन छिटोमा साउन ९ गते निष्काशन बन्द हुनेछ भने ढिलोमा भदौ ३ गतेसम्म खुला रहनेछ ।

बैंकको ऋणपत्रमा धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाको अलवा मेरो सेयर सफ्टवेयरबाट समेत आवेदन गर्न सकिन्छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?