Comments Add Comment

धम्कीको भाषा नबोल्न प्रदेश सरकारलाई आपूर्तिमन्त्रीको चेतावनी

१० साउन, जनकपुरधाम । संघीय सरकारका उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले धम्कीको भाषा नबोल्न प्रदेश २ सरकारलाई चेतावनी दिएका छन् ।

जनकपुरधाम विमानस्थलमा रिफ्युलिङ्ग स्टेशनको शुक्रबार उद्घाटन गर्दै आपूर्तिमन्त्री यादवले प्रदेश २ को विकासमा प्रदेश सरकार नै बाधक भएको आरोप लगाए ।
संघीय सरकारले बन्द उद्योगहरु संचालन गर्न खोजेपनि प्रदेश सरकार बाधक बनेको उनले बताए ।

सरकारले जनकपुर चुरोट कारखाना फेरि चलाउन खोजेको तर प्रदेश सरकारले कब्जा जमाएर बसिरहेको उनको आरोप छ । ‘विकास गर्ने हो भने, कब्जा गर्ने नीतिलाई छाड्नुपर्छ’ मन्त्री यादवले भने, ‘संघ र प्रदेशसँगै सहकार्य गरेर अगाडि बढ्नु जरुरी छ ।’

मन्त्री यादवले केहि दिन अगाडि जनकपुर चुरोट कारखानाको निरीक्षण गरेका थिए ।

जनकपुर चुरोट कारखाना संचालनको कुरा गर्दा प्रदेशका मन्त्रीहरुले धम्कीपूर्ण भाषाको प्रयोग गरेको भन्दै उजले भने, ‘प्रदेश सरकार बिना बन्दुकको आवाज लगाइरहेको छ । यस किसिमको धम्कीको भाषा प्रयोग नहोस् ।’

धम्कीपूर्ण भाषाले प्रदेश समृद्व बन्न नसक्ने भन्दै उनले सबै मिलेर अगाडि बढ्नुपर्ने बताए ।

मन्त्री यादवले बुद्ध एयरको जहाजमा हवाई इन्धन भरेर रिˆयुलिंग स्टेशनको उद्घाटन गरे । हवाई इन्धन जनकपुर विमान स्थलमै भर्ने व्यवस्था नहुँदा उहाँबाट उडान भर्ने जहाजहरुलाई काठमाडौं, भैरहवा, विराटनगरसम्म पुग्नुपर्ने बाध्यता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment