Comments Add Comment

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

११ साउन, काठमाडौं । भक्तपुरको सुर्यविनायकमा मोटरसाइकलको ठक्करबाट ९ वषर्ीयबालकको मृत्यु भएको छ ।

काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा ९५ प ९४३५ नम्बरको मोटरसाइकलले सूर्यविनायक ५ घलाते चोकमा ९ दिप श्रेष्ठलाई ठक्कर दिएको थियो । उनलाई तत्काल उवामुरा अस्पताल लगिएको थियो तर उपचारका क्रममा मृत्यु भएको छ ।

मोटरसाइकल चालक दिपेन श्रेष्ठलाई महानगरीय प्रहरी वृत्ति जगातीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका एनी गुरुङ घाइते भएकी छन् । उनको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment