Comments Add Comment

यती एअरलाइन्सको पाँचौं एटीआर काठमाडौंमा

११ साउन, काठमाडौं । यती एअरलाइन्सको पाचौं एटीआर काठमाडौं आईपुगेको छ । आफ्नो विमान संख्या तथा सेवा बिस्तार गर्ने क्रममा यतीले पाचौं एटीआर ७२-५०० विमान भित्र्याएको हो  । यो ७२ सिट क्षमताको आधुनिक विमान हो ।

उत्पादन क्रम संख्या एमएसएन ७४० तथा नेपाली कलसाइन ९एन एएनजी रहेको बिमान शनिबार थाइल्याण्डको राजधानी बैंङ्ककबाट उडेर दिउँसो १:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गरेको हो ।

पर्यटन वर्ष २०२० मा नेपाल सरकारको २० लाख पर्यटक आगमनको लक्ष्य हासिल गर्न थपिएका विमानहरुले मद्दत गर्ने विश्वास यति एअरलाइन्सले लिएको छ ।

एटीआर ७२-५०० विमान एक फ्रान्सेली-इटालियन कंसोर्टियम एटीआरद्वारा निर्मित ट्वीन इन्जिन टर्बोप्रोप विमान हो । यसको गजबको निर्माण र प्रदर्शनका कारण एटीआर ७२ विश्वमै सफल क्षेत्रीय क्यारियर बनेको छ । यसले विश्व बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ ।

एटीआर ७२-५०० विमान दुई प्राट एण्ड व्हिट्नी पी डब्लु १२७ इन्जिनबाट चल्छ । ह्यामिल्टन स्टान्डर्ड कम्पोजिट प्रोपेलरहरुबाट सुसज्जित छ ।

उच्च प्रविधियुक्त इन्जिन र प्रोपेलरहरु उत्कृष्ट प्रदर्शन, इन्धन बचत, कम ध्वनी र कम ग्रीन हाउस ग्याँस उत्सर्जन जस्ता कुरा सुनिश्चित गर्छन् ।

एटीआर ७२-५०० विमान एयर न्युजिल्यान्ड, एयर लिन्गस, एसएएस, एचओपी, अजुल, बैंकक एयरवेज, इन्डिगो, मालिन्दो एयर लगायतले प्रयोग गरेका छन् ।

सन् १९९८ देखि उडानको शुरुवात गरेको यती एअरलाइन्ससँग हाल ५ एटीआर ७२-५०० वाहेक   ५ वटा जे-४१ विमान पनि छन् ।

भगिनि संस्था तारा एअरले दुई वटा डोर्निअर डो २२८ र चार वटा डीएसी ६ ट्वीनअर्टरबाट उच्च् पहाडी तथा हिमाली क्षेत्रमा सेवा दिने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment