Comments Add Comment

प्रेमिकाको हत्या गरी फरार भएका लामा १२ वर्षपछि पक्राउ

१२ साउन, काठमाडौं । प्रेमिकाको हत्या गरी फरार भएका एकजनालाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) महाराजगञ्जले साढे १२ वर्षपछि पक्राउ गरेको छ ।

काभ्रेको रोशी गाउँपालिका-३ घर भई ललितपुर-२ बस्ने सानु र राजु उपनामले चिनिने राजेश लामालाई सीआईबीको टोलीले शुक्रबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

लामाले ०६४ पुस २७ गते मकवानपुर फापरबारी घर भइ ललितपुरको इमाडोल बस्ने तारा भनिने सुनिता लामाको उनकै कोठमा हत्या गरी फरार भएका थिए ।

मंसिर २८ गते बिहे गर्ने सल्लाह भएको तर १७ गतेदेखि नै सुनिता सम्पर्कमा नआएपछि भएको बिवादमा लामाले सुनिताको हत्या गरेको प्रहरीले बताएको छ ।

पक्राउ परेका लामालाई ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी ज्यान सम्बन्धी मुद्दामा महानगरीय प्रहरी परिसर ललितपुरले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment