Comments Add Comment

भीरबाट लडेर एकजनाको मृत्यु

१२ साउन, गुल्मी । गुल्मीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका-७ निवासी ५० वर्षीय गोपाल सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले जाकारी दिए ।

शनिवार पसलमा सामान किन्न गएका सुनार बेपत्ता भएका थिए । उनको आइतवार बिहान लाटिगैराको भीरबाट लडेर मृत अबस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

गोपालको शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पताल लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment