Comments Add Comment

समानन्द हत्या प्रकरण : गाउँमै छन् आरोपी, समात्दैन प्रहरी

१२ साउन, विराटनगर । विराटनगर १४ का समनानन्द यादवको हत्या भएको १५ दिन भयो । विवाहको बिषयमा भएको कुटपिटमा घाइते भएका उनको मृत्यु भएपछि प्रहरीले हत्या आरोपीको खोजी गरिरहेको छ । तर आरोपी गाउँमै भएपनि प्रहरीले पक्राउ गर्न चासो नदिएको पीडित परिवारको गुनासो छ ।

विराटनगरका दुई र जहदा गाउँपालिकाका एक वडाध्यक्षको उपस्थीतिमा ५५ वर्षीय समानन्द यादवमाथि कुटपिट भएको थियो । कुटपिटमा गम्भीर घाइते भएका उनको २६ असारमा मृत्यु भयो । मृत्युपछि प्रहरीमा किटानी जाहेरी दिएपछि आरोपीहरु अझैसम्म पक्राउ नगरेको पीडित परिवारका सदस्यहरुले बताएका हुन् ।

हत्या आरोपमा जाहेरी परेपछि विराटनगर महानगरपालिका १४ नम्बर वडाध्यक्ष वलदेव यादव, १८ का वडाध्यक्ष सञ्जय शाहसहित नौ जना फरार छन् ।

बिहे गर्न मानेनन्, मृत्युपछि गाउँमा त्रास

समानन्दले छोरा राजेशको विवाहका लागि जहदा गाउँपालिकाकी एक युवतीसँग कुराकानी भएको थियो । तर, बुबाले हेरेको युवतीसँग राकेशले विवाह गर्न मानेनन् ।

अध्यक्ष बलदेव यादवको घरमा पञ्चायती बोलाइएको थियो । त्यहीँ समानन्दमाथि कुटपिट भयो । बलदेव यादवको घर भित्र लगेर कुटपिट सुरु राकेश बताउँछन् ।

कुटपिटका कारण उनको गर्धनको हड्डी भाँचिएको थियो ।

कुटपटिपछि पीडित परिवारले वडाध्यक्षविरुद्ध प्रहरीमा ज्यान मार्ने उद्योगमा जाहेरी दिए तर पक्राउ परेनन् ।

यादवको मृत्यु भएपछि प्रहरीले किटानी जाहेरी परेको छ । प्रहरीको खोजी सूचीमा रहेकाहरु बेलाबेला गाउँ आउँछन् । तर प्रहरीले कसैलाई पक्राउ गर्न नसकेको पीडित परिवारको गुनासो छ । घटनापछि यादव परिवारसँगै गाउँसले त्रसित बनेको छ ।

जाहेरीमा परेनन अध्यक्ष 

गत जेठ ३२ गते बलदेव यादवको घरमा पञ्चायी बस्दा तीन वडाध्यक्षसहित गाउँका ८०-९० सहभागी भएका थिए । कुटपिट हुँदा पीडित परिवारले तीन वडाध्यक्षसहित ९ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए ।

तर घाइते यादवको मृत्यु भएपछि किटानी जाहेरीमा जहदा गाउँपालिकाका-१ अध्यक्ष प्रदिप यादवको नाम परेन । प्रहरी स्रोतका अनुसार मृतक यादवले घाइते अवस्थामा दिएको बयानका आधारमा प्रदिप बाहेक ९ जना विरुद्ध जाहेरी परेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले भने हत्या आरोपीको खोजी भइरहेको बताए । उनले केही दिनभित्र पक्राउ पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment