Comments Add Comment

१ लाख ३० हजार घुस लिने कार्यालयका प्रमुखसहित ४ पक्राउ

१२ साउन, पोखरा । जिल्ला जनस्वास्थ्य कार्यालय म्याग्दीका कार्यालय प्रमुखसहित ४ जना घुससहित पक्राउ परेका छन् । उनीहरु पेश्की फछ्र्यौट गरिदिने बहानामा १ लाख ३० हजार रुपैयाँसहित कार्यालय परिसरबाटै पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा निमित्त कार्यालय प्रमुख जनस्वास्थ्य निरीक्षक भीमप्रसाद आचार्य, स्टोरकिपर (अधिकृत छैठौं) रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा, सवारी चालक भवदत्त जैसी छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराबाट गएको टोलीले उनीहरुलाई आइतबार पक्राउ गरेको सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए ।

उनीहरुले कार्यालयबाट सञ्चालित विभिन्न कार्यक्रम बापतको पेश्की फछ्र्यौट गरिदिने बाहानामा सेवाग्राहीसँग घुस लिएका हुन् । उनीहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment