Comments Add Comment

चितवनको माडीमा एक बालक मृत भेटिए

१२, साउन, चितवन । चितवनको माडीमा एक बालकको शव भेटिएको छ । माडी नगरपालिका-५ सोमेश्वर सामुदायिक वनको क्रिया खोलामा १३ वर्षीया बालकको शव फेला परेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।

मृतक बालक सोही वडाको राधापुरका सुदिप दराई रहेको प्रहरीले जनाएको छ । शनिवार साँझदेखि घरमा नभएका बालकको के कारणले मृत्यु भएको हो भन्ने बारेमा अनुसन्धान थालिएको माडीका प्रहरी नायव निरीक्षक उमेश कोइरालाले जानकारी दिए ।

दराईको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment