Comments Add Comment

बाढी र डुवानले कृषि व्यवसायमा साढे ३ अर्ब बढीको क्षति

१२ साउन, काठमाडौं । गत असार अन्तिम साता प्रदेश दुईमा आएको बाढी र डुबानका कारण कृषि तथा पशुपंक्षी व्यवसायमा साढे तीन अर्ब भन्दा धेरैको क्षति भएको कृषि तथा पशुपंछि विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश दुईका ८ जिल्लामा पशुपछींतर्फ १ अर्ब ६२ करोड तथा कृषि बालीतर्फ एक अर्ब ९७ करोड रुपैयाँ बराबर क्षती पुगेको मन्त्रालयको प्रारम्भिक अध्ययनले देखाएको छ । व्यवसायीक पशुपंक्षीतर्फ महोत्तरी जिल्लावाहेक ५ जिल्ाामा १ अर्ब ६२ करोड रकम बराबरको क्षति भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यङ्कमा उल्लेख छ ।

बाढीले कुखुरा, हाँस, बाख्रा, भैंसी र गोरु तथा यसकाआहार पनि बगाएको मन्त्रालयले जनाएको छ । तथ्यांकअनुसारे पशुपंक्षीतर्फ सबैभन्दा बढी क्षति सिरहा र सप्तरीमा कुल ९७ करोड बराबरको क्षति भएको छ भने रौतहटमा मात्र ३५ करोड बराबरको क्षति भएको छ । धनुषामा १५ करोड, पर्सा र बारामा १० करोड, सर्लाहीमा ५ करोड क्षति भएको छ भने महोत्तरीको तथ्यांक आई सकेको छैन ।

बाढीले सिरहा र सप्तरीमा २ हजार ८ सय टन तयारी माछा नै बगाएको छ भने ६६ हजार कुखुरा, कम्तिमा एक हजार गाई, भैंसी, राँगालगायतका घरपालुवा जनावर र करिव ६ हजारको संख्यामा बाख्रा बाढीले बगाएको छ ।

हालसम्म प्राप्त विवरण अनुसार कृषितर्फ सबैभन्दा बढी क्षति बारामा भएको छ । बारामा मात्र ५० हजार ३ सय हेक्टरमा केरा, तरकारी, मकै बाली, चैते धान तथा वर्षे धानको ब्याड नष्ट हुँदा करिब ५० करोड रकम बराबरको क्षति भएको छ ।

यता पर्सामा ४४ करोड ८८ लाख रकम बराबरको क्षति भएको छ । त्यसैगरी रौतहटमा ३५ करोड, सप्तरीमा ३० करोड, धनुषामा २० करोड, सर्लाहीमा ८ करोड तथा सिराह र महोत्तरीमा ५-५ करोड बराबरको क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment