Comments Add Comment

संगठन सुदृढीकरणको खाका बनाउन राप्रपाले बोलायो बैठक

१३ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्य सम्पादन समितिको बैठक आज काठमाडौंमा बस्ने भएको छ ।

राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले संगठन सुदृढीकरणलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए ।

राप्रपाको यसअघि बसेको बैठकले ०७६ लाई संगठन निर्माण वर्ष घोषणा गरेको थियो । आज बस्ने बैठकले यही निर्णय अनुरूप संगठन सुदृढीकरणका लागि ठोस निर्णय लिने बताइएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहान ९ बजे बस्ने बैठकमा संगठन सुदृढीकरणका अतिरिक्त समसामयिक राजनीतिक अवस्थाबारे पनि समीक्षा हुने बर्तौलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment