Comments Add Comment

उच्च अदालतका तीन मुख्य न्यायाधीश सरुवा, तीन न्यायाधीश कारवाहीमा

१३ साउन,काठमाडौं । न्याय परिषदले उच्च अदालतका तीन मुख्य न्यायाधीशको सरुवा गरेको छ । न्याय परिषदको आइतबारको बैठकले उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई पाटन उच्च अदालतमा सरुवा गरेको छ ।

त्यस्तै सुवेदीको ठाउँमा उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश रमेश पोखरेल सरुवा भएका छन् । पाटन उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडालको सुर्खेत सरुवा भएको न्याय परिषद स्रोतले जनाएको छ ।

यसैबीच प्रादेशिक क्षेत्राधिकार मिचेर गोर्खा बु्रअरीको राजश्व छलीसम्बन्धी मुद्दामा बदनियतपूर्वक आदेश गर्ने उच्च अदालत पोखराका न्यायाधीशहरु रामचन्द्र यादव, जीवनहरि अधिकारी र नरबहादुर शाहीलाई न्यायपरिषदले कारबाही गरी छानबिन थालेको छ ।

न्यायपरिषदले सर्बोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको नेतृत्वमा तीनजना न्यायाधीशमाथि छानविन समिति गठन गरेको छ । छानबिनपछि थप कारवाहीको निर्णय हुने स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment