Comments Add Comment

क्षमता भन्दा तेब्बर कैदीबन्दीले मोरङ कारागारमा समस्यै समस्या

१३ साउन, विराटनगर । विराटनगरस्थित मोरङ कारागारमा क्षमता भन्दा झण्डै ३ गुणा बढी कैदीबन्दी राखिएका छन् । जसले गर्दा उनीहरुलाई खान, बस्न, सुत्न हिँडडुल गर्नदेखि शौचालय जानसमेत समस्या भएको छ ।

तीन विघा क्षेत्रफलमा फैलिएको कारागारको कुल क्षमता ३ सय जना भए पनि हाल ८ सय ६४ जना राखिएको छ ।

कारागारका निमित्त प्रमुख कल्पना श्रेष्ठले कारागारमा ठाँउ अभाव हुँदा कारागार कैदीबन्दीले खचाखच भरिन पुगेको बताइन् । ‘ठाउँ अभावमा एउटै कोठामा ३० देखि ४० जना राख्नुपर्ने बाध्यता छ, सुत्न, बस्न, हिँडडुलदेखि शौचालय जान पनि पालो कुरेर बस्र्नुपर्ने अवस्था छ’ उनले भनिन् ।

एकै ठाउँमा धेरै समय बस्नुपर्ने भएकाले कैदी बन्दीमा विभिन्न स्वास्थ्य समस्या देखिने गरेको छ । सरकारले बजेट विनियोजन कम गर्ने र बिरामी कैदीबन्दी यहाँ ल्याएर राखिदिँदा उपचारमा समस्या भएको श्रेष्ठले गुनासो गरिन् ।

कारागारका चौकीदार नविन राईले दिनहुँ कैदीबन्दीको संख्य थपिने क्रमसगै सुत्न बस्ने व्यवस्थापनमा सबै भन्दा बढी सकस भएको बताए ।

‘कोचिएर बस्नुपर्दा कैदीबन्दीहरू पटकपटक बिरामी पर्दै आएका छन,’ उनले भने, ‘अपराध गर्नेलाई सुधारका लागि कारागार बसाइ सुध्रिने किसिमको हुनुपर्छ तर यहाँ क्षमताभन्दा बढी संख्या भएकाले समस्या भएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment