Comments Add Comment

नेकपा बैठकमा स्कुल विभागबारे छलफलै भएन

१३ साउन, काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा सोमबार स्कुल विभागबारे छलफल नै भएन ।

स्कुल विभागमा नारायणकाजी श्रेष्ठ प्रकाश र ईश्वर पोखरेलको दाबी आएपछि पटक पटक स्थगित हुँदै आएको सचिवालय बैठकमा सोमबार दिउँसो बालुवाटारमा बसेको थियो । तर बैठकमा यसबारे कुनै छलफल नै भएन ।

स्रोतका अनुसार बैठकको सुरुमा नै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ‘विभागहरुबारे अहिले छलफल नगरौं’ भन्ने प्रस्ताव राखेका थिए । त्यसमा अरु नेताहरुले पनि सहमति जनाएपछि कुनै छलफल नभएको एक नेताले बताए ।

स्कुल विभागबारे सहमति जुटाउन नेताहरुबीच पटकपटक छलफल भए पनि कुरा मिलेको छैन ।

बैठकमा प्रदेश समन्वय समिति र विशेष समितिबारे सामान्य छलफल भएको छ । यसमा पनि गृहकार्य नपुगेकाले सबैसँग रुचीबारे सोध्ने र २८ गते बैठक बस्ने सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment