+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

भारती बस्यालको तीज गीत

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ५ गते १३:१९

तीज सुरु हुँदैछ । यसको छनक दिनेगर्छ, तीज गीतले । जसै तीजको रौनक छाउँछ, तीज गीत घन्कन थाल्छ ।

यतिबेला तीज गीत गाउने होडबाजी छ । यसैबीच गायिका भारती बस्यालको स्वरमा रहेको नयाँ तीज गीत सार्वजनिक भएको छ । हुन त पछिल्लो समय तीज गीत भड्किलो बन्दै गएको टिप्पणी सुनिने गरिएको छ । तीज गीतको नाममा अश्लिल एवं द्विअर्थी शब्दावलीको प्रयोग व्यापक बन्दै गएको छ । गायिका भारतीको गीतले भने परम्परागत तीज गीतकै लय समतेको छ । उनको गीतले नारी सशक्तिकरणको कुरा उठाएको छ । साथै श्रीमानको गलत आचरणमाथि कटाक्ष समेत गरेको छ ।

तीजको निहुँमा घरकी स्वास्नी माइत पठाउँछौ

 बाटो हिँड्ने छोरी चेली अँखा लगाउछौ

 नछिर्नु नि भट्टी तिर सोझै घर आउनु आज व्रत कि दिन

 जता ततै तरुनी लाई अँखा नलाउनु आज व्रत को दिन

गीत को शब्द भरती बस्याल र सङत महर्जनको हो । संगीत र स्वर भारतीको हो । यसको म्युजिक भिडियोको निर्देशन पनि उनैले गरेकी हुन् । भिडियोमा  कोरोयोग्रफी अमन रानाले गरेका हुन् । गीतमा लोमस शर्मा, जेस्मिन फुयाल, भारतीलगायत नाचेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?