Comments Add Comment

ब्राजिलका राष्ट्रपतिसँग रिसाए म्याक्रोन

१० भदौ, काठमाडौं । ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले आफ्नी श्रीमतीलाई अभद्र टिप्पणीमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले आपत्ति जनाएका छन् ।

ब्राजिलका राष्ट्रपति बोल्सोनारोको समर्थकले आफ्नो फेसबुक पोस्टमा म्याक्रोनकी ६६ वर्षीया श्रीमती ब्रिजेटलाई हाँसोमा उडाएका थिए ।

उक्त फेसबुक पोस्टमा फ्रान्सेली राष्ट्रपति म्याक्रोन र बोल्सोनारोकी श्रीमती मिशेल बोल्सोनारोको फोटो सँगै राखेर लेखिएको थियो, ‘अब तपाईले बुझ्नुहुनेछ कि म्याक्रोन किन बोलसनोलाई सताइ रहेछ ?’

त्यसमा प्रतिक्रिया दिँदै बोलसनोरोले पोर्तुगाली भाषामा लेखेका छन्, ‘उस (म्याक्रोन) लाई अपमानित नगर्नुहोला … हा हा ।’

बोलसनोरोको कमेन्टको जवाफमा म्याक्रोनले भनेका छन्, ‘यो एकदमै अभद्र टिप्पणी हो, जसले अत्यन्तै दुःखी बनाएको छ ।’

म्याक्रोनले भने, ‘उनले मेरी श्रीमतीबारे अनादरपूर्ण कुरा बोलेका छन् । म ब्राजिलका जनतालाई अत्यन्त सम्मान गर्छु । आशा छ, उनीहरूले चाँडै नै एक योग्य राष्ट्रपति पाउनेछन् ।’

केही समय यता अमेजनको जंगलमा लागेको आगलागीको कारण म्याक्रोन र बोलसोनारोबीच कूटनीतिक कलह देखिएको छ ।

म्याक्रोनले आगोलाई अन्तर्राष्ट्रिय संकट भनेका छन् र विश्वभर नेतालाई एकजुट गर्ने प्रयास गरिरहेका छन् । वातावरण विदहरुले आगलागीको कारणलाई बोलसारोको नीतिगत दोष ठानेका छन् ।

बोलसनोरोले भने म्याक्रोनलाई उपनिवेशवादी मानसिकताबाट प्रेरित व्यक्तिको रूपमा वर्णन गरेका छन् ।

दक्षिणपन्थी बोल्सोनारो महिला, काला जाति र अल्पसंख्यकप्रति अपमानजनक टिप्पणीका लागि परिचित छन् । सेप्टेम्बर २०१४ मा ब्राजिलको संसदमा बहसको क्रममा उनले वामपन्थी सांसद मारियो डु रोजारियोबारे त्यस्तै टिप्पणी गरेका थिए । उसले भने, ‘म तिमीलाई बलात्कार गर्ने छैन । किनभने तपाईंले यसको डिस्पोजेसन गर्नुहुन्न ।’ जुन कुराले धेरै खैलाबैला मच्चिएको थियो ।

अप्रिल २०१७ मा सार्वजनिक कार्यक्रममा उनले आफ्नी छोरीकै बारेमा पनि आपत्तिजनक टिप्पणी गरेका थिए । उनले भनेका थिए, ‘मेरा ५ जना बच्चा छन् । चार जना केटाहरू छन् । पाँचौं पटक म कमजोर भएँ र केटी जन्मिए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment