Comments Add Comment

सौगात–श्रृष्टी भन्छन्–‘फिल्म मेकरले नै हामी दुइलाई एकसाथ अफर गर्नुहुन्छ’

प्रेममा परेपछि नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठलाई एकसाथ लिनैपर्ने वाध्यता रहेको गुनासो केही निर्माताले सुनाउँदै आएका पनि छन् । सौगातलाई अफर गर्दा श्रृष्टी पनि लिनैपर्छ भन्ने माग आउने गुनासो नसुनिएको होइन ।

तर, नायक सौगात मल्ल भने यस्तो कुरालाई सामान्य नै मान्छन् । उनले भने–‘मैले कुरा नै गर्नुपर्दैन । मलाई अफर गर्दा पनि श्रृष्टीजीसँग एकपटक तपाई आफै कुरा गर्नुहोस् भनेर भन्छन् । दुई जना एकसाथ भएको थाहा भएपछि यस्ता कुराहरु सामान्य रुपमा आउने पनि रहेछ ।’

नायक मल्लले अहिले यो त चलन नै चल्ने गरेको पनि सुनाए । उनले भने–‘अहिले त यो चलन नै रहेछ । हामीले एकसाथ लिनैपर्छ भनेर माग गर्दैनौ । हामीलाई अफर गर्न आउँदा नै दुई जनालाई नै लिने सोच बनाएर निर्माता आउनुभएको छ ।’

नायिका श्रृष्टी श्रेष्ठले आफू यस्ता हल्लाको पछाडि नअल्झिने बताइन् । उनले भनिन्–‘काम आउँदा मलाई खुशी लाग्छ । कसरी आयो भन्दा पनि म टिम, स्टोरी हेर्छु । मैले सौगात मल्ल नै चाहिन्छ भनेकी छैनँ । चलचित्रको अफर गर्दा मेकरले दुबै जनालाई दिमागमा राख्नुहुन्छ, मलाई खुशी लाग्छ ।’

सौगात र श्रृष्टीले अहिले लगालग एकसाथ चलचित्रमा काम गरिरहेका छन् । उनीहरुले काम गरिरहेको चलचित्र ‘पोई पर्यो काले’ कात्तिकको ८ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment