Comments Add Comment

बसन्तपुरमा इन्द्रजात्राको रौनक

२७ भदौ, काठमाडौं । काठमाडौंको महत्वपूर्ण जात्रा इन्द्राजात्रा मगंलबार सकिदै छ ।

इन्द्रजात्रामा  सहभागी हुन काठमाडौं उपत्यकाका विभिन्‍न टोलबाट नेवार समुदायका मानिसहरु आएका थिए । नेवार समुदायमा  इन्द्रजात्रामा  सपरिवार नै सहभागी हुने र खुशी मनाउने  प्रचलन छ ।

काठमाडौं महानगरपालिकाले पनि यस वर्षको इन्द्रजात्रालाई काठमाडौं चिनाउने जात्राको रुपमा प्रचार गरेको थियो । इन्द्रजात्रा अवलोकन गर्न भारत, चीन, भुटान, जापानलगायतका देशका विभिन्न नगरका प्रमुखहरु पनि आएका थिए ।

आठ दिनसम्म मनाइने यो जात्राको अन्तिम दिन शुक्रबार काठमाडौं उपत्यकामा सरकारले सार्वजनिक विदा पनि दिएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनलगायतका विशिष्ट व्यक्तिहरु इन्द्रजात्राको अवलोकन गर्न शुक्रबार दिउँसो काठमाडौंको बसन्तपुर पुगेका थिए ।

राष्ट्रपति भण्डारीले बसन्तपुरस्थित गद्दी बैठक हलबाट जीवित देवी कुमारी, श्री गणेश तथा श्री भैरवको रथ यात्राको अवलोकन गरेकी थिइन् । त्यसपछि उनले नेपाली सेनाबाट सल्लामी पनि ग्रहण गरेकी थिइन् ।

हेर्नुहोस् तस्वीरहरु :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment