+
+
Shares

बाढीपीडितका लागि पोखराका कवाडी व्यवसायीले दिए ८ लाख बराबरको राहत

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २४ गते १७:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भदौ १० को भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावितका लागि पोखराका कवाडी व्यवसायीले ८ लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेका छन्।
  • सुजन गुरुङको नेतृत्वमा व्यवसायीहरूले खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडा र स्वास्थ्य सामग्री संकलन गरी पोखरा महानगरपालिकामार्फत पठाएका हुन्।
  • महानगरका प्रतिनिधिले कवाडी व्यवसायीहरूको यो पहल अन्य क्षेत्रका लागि पनि प्रेरणादायी भएको बताएका छन्।

२४ भदौ, पोखरा । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदीसम्म फैलिँदा ठूलो धनजनको क्षति भएपछि पोखराका कवाडी व्यवसायीहरू राहत र पुनर्स्थापनाका लागि अघि बढेका छन् ।

पोखरामा कवाडी संकलनदेखि बिक्री वितरणसम्म गर्दै आएका व्यवसायीहरूले ऐक्यबद्धता जनाउँदै बाढीपीडितका लागि ८ लाख रुपैयाँ बराबरको अत्यावश्यक राहत सामग्री हस्तान्तरण गरेका हुन् ।

व्यवसायी सुजन गुरुङको नेतृत्वमा पोखराका कवाडी व्यवसायीहरूले स्वत:स्फूर्त रूपमा रकम संकलन गरी बाढी प्रभावित परिवारका लागि आवश्यक खाद्य तथा भौतिक सामग्री खरिद गरेर पठाएका हुन् ।

पोखरा महानगरपालिकाले सञ्चालन गरिरहेको एकीकृत राहत संकलन अभियानसँग जोडिँदै व्यवसायीहरूले महानगरका प्रतिनिधि ९पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतको उपस्थितिमा सामग्री हस्तान्तरण गरेका हुन् ।

विनाशकारी बाढीले पुर्‍याएको ठूलो क्षतिप्रति सहानुभूति प्रकट गर्दै व्यवसायीहरूले मानवीय नाताले हातेमालो गरिएको जनाएका छन्। राहत संकलन अभियानका संयोजक सुजन गुरुङले भने, ‘भदौ १० को बाढीले धेरै परिवारलाई घरबारविहीन र विस्थापित बनाएको छ। साना(तिना कवाडी व्यवसाय गरेर जीविकोपार्जन गर्ने व्यवसायीहरूले पनि आफ्नो सामाजिक उत्तरदायित्व सम्झिएर क्षमता अनुसार रकम जुटाएर यो सहयोग गरेका हौँ ।’

व्यवसायीहरूले बाढीपीडितका लागि तत्काल खाना पकाउन र दैनिक जीवनयापनका लागि आवश्यक पर्ने भाँडाकुँडा तथा खाद्यान्न सामग्रीहरू हस्तान्तरण गरेका छन् । भान्साका सामग्री, खाद्यान्न तथा लत्ताकपडा, स्वास्थ्य सामग्रीलगायत राहत मेयर धनराज आचार्यलाई व्यवसायीले हस्तान्तरण गरेका हुन् ।

पोखरा महानगरपालिकाले सञ्चालन गरिरहेको राहत संकलन केन्द्रमार्फत उक्त सामग्री स्थानान्तरण गरी प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाइएको छ । महानगरका प्रतिनिधिहरूले कवाडी व्यवसायीहरूको यो सह्रानीय पहलको प्रशंसा गर्दै साना व्यवसायीले देखाएको यो दायित्वबोध अन्य क्षेत्रका लागि पनि प्रेरणादायी भएको बताए ।

प्राकृतिक विपत्तिका कारण विस्थापित बनेका परिवारका लागि पोखराका कवाडी व्यवसायीहरूको यो सहयोगले पुनर्स्थापनामा महत्त्वपूर्ण राहत पुग्ने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?