Comments Add Comment

साँढेले चपायो अढाइ लाखको मंगलसूत्र, शल्यक्रिया गरी निकालियो

भारतमा पोला पर्वमा साँढेको पूजा गरिन्छ । मानिसहरु साँढेलाई मीठा–मीठा परिकार खुवाउँदै सुनका गहनासमेत टाउकोमा लगाइदिएर साँढेको पूजा गर्दछन् । यसरी साँढेको पूजा गरेपछि मनको इच्छा पूरा हुने विश्वास गरिन्छ । तर भारतको महाराष्ट्रमा एउटा परिवारका लागि साँढेको पूजाले ठूलै समस्या सिर्जना गर्यो ।

महाराष्ट्रको अहमदनगर जिल्लास्थित रायटे वाघापुर गाउँकी एक महिलाले आफ्नो डेढ लाख भारु मूल्य पर्ने सुनको मंगलसूत्र साँढेको टाउकोमा लगाइदिएर पूजा गरिन् । त्यसपछि उनले उक्त मंगलसुत्र साँढेको टाउकोबाट निकालेर साँढेलाई खुवाउने रोटीको प्रसाद भएको थालीमा राखिन् ।

त्यही बेला अचानक बिजुली गयो र उनी मैनबत्ती लिनका लागि घरभित्र गइन् । जब उनी मैनबत्ती बालेर साँढे भएको ठाउँमा आइन् तब उनको होसहवास् उड्यो । किनकि उनले मंगलसूत्र राखेको प्रसादीको थाली रित्तै थियो ।

उनी आत्तिइन् र आफ्नो श्रीमानलाई चिच्याएर बोलाइन् । उनका पति आएर हेर्दा त उक्त मंगलसूत्र साँढेले चपाइरहेको थियो । उनले जब मंगलसूत्र निकाल्न सकिन्छ कि भनेर साँढेको मुखभित्र हात हाल्ने प्रयास गरे, त्यसबेलासम्म ढिला भैसकेको थियो । मंगलसूत्रको आधा हिस्सा त साँढेले चपाएर निलिसकेको रहेछ ।

बल्लतल्ल साँढेको मुखबाट आधा मंगलसूत्र निकालेपछि साँढेले निलेको आधा मंलसूत्र खोज्न उनीहरुलाई कम्ता सकस परेन । उनीहरुले हरेक दिन साँढेले दिसा गरेको गोबरमा मंगलसूत्र खोज्ने अभियान नै चलाए ८ दिनसम्म । तर मंगलसूत्र गोबरमा फेला परेन । उनीहरु पशु चिकित्सकहाँ पुगे । पशु चिकित्सकले जाँच गर्दा मंगलसूत्रको आधा भाग साँढेको पेटको आमासयमा अड्किएको पत्ता लगाए । साँढेको शल्यक्रिया गरी उसको पेटबाट मंगलसूत्र निकालिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment