+
+
Shares

कपनमा आफ्नै डेरामा महिला मृत भेटिइन्

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १ गते १६:३०

१ असोज, काठमाडौं । काठमाडौंको कपनमा एक महिला आफ्नै डेरामा मृत अवस्थामा भेटिएकी छन् ।

कपनको तेन्जिङ चोकमा किराना र खाजा पसल सञ्चालन गर्ने अन्दाजी ५५/५६ वर्षकी कमला केसी नामकी महिला मृत अवस्थामा भेटिएकी महानगरीय प्रहरी वृत्त वौद्धका डीएसपी रमेशबहादुर सिंहले जानकारी दिए ।

प्रहरीका अनुसार उनको मृत्युको कारण खुलेको छैन । श्रीमानसँग सम्बन्धविच्छेद गरेकी ती महिला हात बाँधेको र मुखमा कपडा कोचेको अवस्थामा मृत भेटिएकी हुन् ।

घटनाका विषयमा अनुसन्धान गर्न प्रहरीले सोही घरमा नै बस्ने दुई जनालाई नियन्त्रणमा लिएको छ । महिलाको मृत्युबारे अनुसन्धान भइरहेको डीएसपी सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?