Comments Add Comment

भाँडियो सहमति ! नेकपा सांसदको चुनौतीसँगै संसदमा कांग्रेसको नाराबाजी

३० भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदले अरोपित वडाध्यक्षलाई मुद्दा लगाए स्वीकार्य नहुने बताएसँगै संसदमा नयाँ गत्यावरोध सृृजना भएको छ ।संसद सुचारु गर्न सहमत भएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रोष्टम घेराउ गरेको छ र, बैठक स्थगित भएको छ ।

बाँके घटनालाई लिएर खजुरा गाउँपालिका १ का वडाध्यक्ष सुमन मल्लविरुद्ध दिएको किटानी जाहेरी दर्ता भएसँगै कांग्रेस संसद सुचारु गर्न सहमत भएको थियो । त्यसअनुसार सोमबारको बैठकमा कांग्रेस सचेतक पुष्पा भुसालले सदनको दबाबपछि जाहेरी दर्ता भएको भन्दै अवरोध हटाउने बताइन् ।

लगतै नेकपाका सांसद नन्द लाल  रोकायले विशेष समय लिएर बोले । यससँगै संसद अवरुद्ध भयो ।

के भनेका थिए नेकपा सांसदले  ?

बाँकेकै सांसद रोकायले आरोपित वडाध्यक्षको बचाउ मात्र गरेनन्, नेकपाका कार्यकर्ताले कांग्रेसको कार्यक्रममा आक्रमण नै नभएको दाबी गरे ।

वडा नम्बर १ का कांग्रेस कार्यकर्ता भुवन सिंह थापा र ७ का अस्लाम भाटको विवादमा यो घटना भएको उनको दाबी छ ।

भुवनसिंहको पक्षमा रहेका चार जना कांग्रेसको कार्यक्रममा गएको र उनीहरु मध्ये तीन जना हलमा प्रवेश गरेको भन्दै सांसद रोकायले भने, कसैले हात पात गरेको छैन । धकेलाधकेल पनि भएको छैन ।

‘करिव डेढ दुई सयको जमघटमा तीन जना केटाकेटीले हातपात गर्न सक्दैन’, उनले अघि भने ।

तर कांग्रेसले गलत आरोप लगाएको भन्दै उनले वडाध्यक्ष मल्लविरुद्ध मुद्दा दर्ता स्वीकार्य नुहने बताए । ‘वडाध्यक्ष एकदमै बेकसर छ । वडा मुद्दा लगाउने भन्नु कुरा तै सहन सक्दैन । कांग्रेसले आन्दोलन गर्छ भने हामी पनि आन्दोलन गर्छौं’, उनले भने ।

यसबारे संसदीय छानविन समिति बनाउनुपर्ने उनको माग छ ।

नेकपा सांसद रोकाय बोलिरहँदा नै कांग्रेस सांसदहरू उठिसकेका थिए । उनले बाेलिसके लगतै रोष्टम घेराउ गर्दै नाराबाजी गरे । सभामुखले यसबारे केही भन्छु भन्दा पनि नाराबाजी रोकिएन र संसद १ असोजसम्मका लागि स्थगित भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment