News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरा एभेन्जर्सले एनपीएल तेस्रो सिजनका लागि कप्तान कुशल भुर्तेलसहित ७ खेलाडी रिटेन गर्दै मुख्य प्रशिक्षकदेखि विदेशी खेलाडीमा परिवर्तन गरेको छ।
- पोखराले अक्सनबाट अर्जुन घर्ती, सुदिप अर्याल, विवेक रानामगर, सन्नी विक, प्रतिक पोखरेल र विपिन आचार्यलाई अनुबन्ध गरेको छ।
- पोखराले शाकिब अल हसन, धनन्जय लक्षण, चमिका करुणारत्ने, महेदी हसन र मोहम्मद सैफुद्दिनलाई विदेशी खेलाडीका रूपमा भित्र्याएको छ।
६ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपीएल) को सबैभन्दा महँगो टोली हो । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै एनपीएल खेल्ने पोखराको कप्तान कुशल भुर्तेल हुन् ।
एनपीएलमा क्रिकेट खेल्ने बाहेक ग्लासियर्स म्याटर अभियान चलाउने, कन्सर्टमार्फत क्रिकेटलाई संगितसँग जोड्ने जस्ता फरक खालका गतिविधिले पनि पोखरा चर्चामा आइरहेको छ ।
यस्तै जेसन रोय, जिमी निशम जस्ता स्टार विदेशी खेलाडी अनुबन्ध गर्दै विगतमा पनि पोखरा एभेन्जर्सको चर्चा भएको थियो ।
सन् २०२२ मै क्यानले आयोजना गरेको नेपाल टी२० लिग खेलेको पोखरा सन् २०२४ देखि सुरु भएको एनपीएलमा महँगो फ्रेन्चाइजको रुपमा भित्रिएको हो ।
विगतका दुवै सिजनमा पोखराले राम्रो टिम बनाएपनि प्लेअफमा पुग्न सकेन । पोखरा मात्र यस्तो टिम हो जो अहिलेसम्म प्लेअफ पुग्न सकेको छैन र अब पोखराको पहिलो लक्ष्य नै एनपीएलमा प्लेअफमा स्थान बनाउने र त्यसपछि उपाधितर्फको यात्रा तय गर्ने हुनेछ ।
तेस्रो सिजनका लागि पोखराले कप्तान भुर्तेलसहति कोर टिमलाई रिटेन गरेको छ भने मुख्य प्रशिक्षकदेखि विदेशी खेलाडी अनी अन्य व्यवस्थापन पक्षलाई परिवर्तन गरेको छ ।
पोखराले तेस्रो सिजनका लागि कप्तान भुर्तेलसँगै दिनेश खरेल, अर्जुन कुमाल, सागर ढकाल, आकाश चन्द, विपिन खत्री र किरण ठगुन्नालाई रिटेन गरेको छ ।
यस्तै अक्सनबाट अर्जुन घर्ती, सुदिप अर्याल, विवेक रानामगर, सन्नी विक, प्रतिक पोखरेल र विपिन आचार्यलाई अक्सनबाट अनुबन्ध गरेको छ ।

कोर टिम रिटेन
पोखराले तेस्रो सिजनको एनपीएलका लागि कोर टिमलाई रिटेन गरेको छ । कप्तान भुर्तेलसहित पहिलो सिजनदेखि नै टिममा रहेका सागर ढकाल, दिनेश खरेल,आकाश चन्द, विपिन खत्री र किरण ठगुन्ना तेस्रो सिजनसम्म पनि निरन्तर टिममा छन् ।
यस्तै दोस्रो सिनज अक्सनबाट अनुबन्ध भएका युवा ब्याटर अर्जुन कुमाल तेस्रो सिजनमा रिटेन भएका छन् । दोस्रो सिजन आइकोनिक प्लेअरको रुपमा ट्यालेन्ट हन्टबाट छनोट भएका सुदिप अर्याललाई तेस्रो सिजन अघि रिलज गरेपनि अक्सबाट पुन: टिममा अनुबन्ध गरेको छ ।
ब्याटर तृतराज दासलाई रिलिज गरेको पोखराले विकेटकिपर अर्जुन घर्तीलाई तेस्रो सिजनअघि टिममा भित्र्याएको छ ।
विशेषगरी पोखराले ओपनर देखि टप अर्डका खेलाडी रिटेन गरेको छ भने दुई स्पीनर र एक मिडियम पेसर रिटेन भएका छन् । अक्सनबाट विकेटकिपर पनि भित्र्याएको पोखराका लागि अब बाँकी पोजिसनमा विदेशी खेलाडीमा ध्यान दिनेछ ।

अजन्था मेन्डिस र शकिबको आगमनले उत्साह
पोखराले अहिलेसम्म ६ मध्ये पाँचजना विदेशी खेलाडी अनुबन्ध गरेको छ । त्यसमा पोखराले बंगलादेशका विश्वचर्चित अलराउण्डर शाकिब अल हसनलाई भित्र्याउँदै चर्चा बटुलेको छ भने श्रीलंकन अलराउण्डर धनन्जय लक्षणलाई पनि निरन्तरता दिएको छ ।
शाकिबको आगमनले पोखराको मिडर अर्डर ब्याटिङ र स्पीन बलिङ बलियो बन्नेछ भने ब्याटिङ अलराउण्डर धनन्जयले पनि मिडल अर्डरमा ब्याटिङमा साथ दिनेछन् भने आवश्यक पर्दा मिडियम पेस बलिङ पनि गर्नेछन् । चमिका करुणारत्ने पनि बलिङ अलराउन्डरका रूपमा छन् ।
महेदी हसन पनि अलराउन्डरका रूपमा छन् भने मोहम्मद सैफुद्दिन बलिङ अलराउन्डरका रूपमा छन् ।
कप्तान कुशल सहित दिनेश र अर्जुन कुमाल, अर्जुन घर्ती, शकिब र धनन्जयले पोखराको ब्याटिङ डेप्थलाई बढाएको छ । त्यसमा हार्ड हिटर किरण ठगुन्ना पनि छन् ।
पोखराले अझै ४ विदेशी खेलाडी अनुबन्ध गर्न बाँकी छ । विदेशी खेलाडीको अनुबन्ध पछि टिम कम्बिनेसन कस्तो बन्छ थाहा हुनेछ । अहिलेको अवस्थामा पोखरालाई प्रोपर विदेशी पेस बलरको आवश्यकता देखिन्छ । राम्रो फिनिसिङ गर्ने विदेशी खेलाडी भित्रिए टिमको सन्तुलत अझ राम्रो हुनेछ ।
पोखरामा अलराउण्डरहरु धेरै भएकोले विशेषज्ञ विदेशी ब्याटर अनुबन्ध भएमा बलिङमा पनि धेरै विकल्प हुनेछ । किनभने कप्तान कुशल देखि दिनेश खरेलले स्पीन बलिङ गर्न सक्छन् । शाकिब सागर विपिन स्पीनरको रुपमा छन् ।

पोखरा एभेन्जर्स टिम
रिटेन खेलाडी : कुशल भुर्तेल, दिनेश खरेल, सागर ढकाल, अर्जुन कुमाल, आकाश चन्द, विपिन खत्री, किरण ठगुन्ना
अक्सनमा अनुबन्ध खेलाडी : अर्जुन घर्ती, सुदिप अर्याल, विवेक राना मगर, सन्नी विक, प्रतिक पोखरेल, विपिन आचार्य
विदेशी खेलाडी : शाकिब अल हसन, धनन्जय लक्षण, चमिका करुणारत्ने, महेदी हसन, मोहम्मद सैफुद्दिन
मुख्य प्रशिक्षक : अजन्था मेन्डिस
सहायक प्रशिक्षक : रिजन प्रजु
प्रतिक्रिया 4