+

२६औं आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

२०८३ कात्तिक  ६ गते २०:३९ २०८३ कात्तिक ६ गते २०:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सहारा क्लब पोखराले २६औं आहा रारा पोखरा गोल्डकप २०८३ माघ ५ देखि १६ गतेसम्म सञ्चालन हुने घोषणा गरेको छ।
  • हिमश्री फुड्स प्रा.लि.को आहा रारा तयारी चाउचाउ मुख्य प्रायोजक रहेको प्रतियोगिता पोखरा महानगरपालिकाको संरक्षकत्वमा आयोजना हुनेछ।
  • क्लबले सहभागी टोली, खेल तालिका, पुरस्कार राशि र अन्य विवरण पछि सार्वजनिक गर्ने जनाएको छ।

६ कात्तिक, काठमाडौं । सहारा क्लब पोखराको आयोजनामा हुने २६औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०८३ माघ ५ देखि १६ गतेसम्म सञ्चालन हुने भएको छ।

क्लबले प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिताको मिति घोषणा गरेको हो। हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउ मुख्य प्रायोजक रहेको प्रतियोगिता पोखरा महानगरपालिकाको संरक्षकत्वमा आयोजना हुनेछ।

‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’ भन्ने उद्घोषका साथ सञ्चालन हुँदै आएको प्रतियोगिता नेपाली फुटबलको प्रतिष्ठित प्रतियोगितामध्ये एक हो।

पोखराको फुटबल विकास, खेलकुद प्रवर्द्धन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपाली फुटबलको पहिचान अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना हुँदै आएको क्लबले जनाएको छ। प्रतियोगिताले खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै पोखरालाई खेलकुद पर्यटन गन्तव्यका रूपमा चिनाउन योगदान पुर्‍याउँदै आएको छ।

प्रतियोगितामा सहभागी हुने टोली, खेल तालिका, पुरस्कार राशि, प्रायोजक तथा अन्य विवरण पछि सार्वजनिक गरिने क्लबले जनाएको छ। प्रतियोगितालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाइने विज्ञप्तिमा उल्लेख छ।

प्रतियोगिताका लागि मुख्य प्रायोजक, सहप्रायोजक, सहयोगी संघसंस्था, खेलप्रेमी, सञ्चारकर्मी, दर्शक तथा शुभेच्छुकबाट निरन्तर सहयोग र सहभागिताका लागि सहारा क्लबले आग्रह गरेको छ।

२६औं आहा रारा पोखरा गोल्डकप आहा रारा पोखरा गोल्डकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय