Comments Add Comment

१३ औं सागको तयारीका लागि १५ समिति गठन

९ असोज, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको लागि १५ समिति गठन भएका छन् ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा संयोजक रहेको साग तयारी समितिमा १५ वटा विभिन्न समितिहरु बिहीबार गठन भएका हुन् । १३ औं साग तेस्रो पटक नेपालले मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा आयोजना गर्दैछ ।

निर्माण भएका समितिहरुमा राष्ट्रिय टिम तयारी समिति, खेलस्थल व्यवस्थापन समिति, प्राविधिक समिति, स्रोत साधन परिचालन समिति, सुरक्षा समिति, आवास व्यवस्थापन समिति, यातायात व्यवस्थापन समिति र स्वास्थ्य समिति गठन भएका छन् ।

त्यस्तै, निरीक्षण तथा मूल्यांकन समिति, प्रचार प्रसार तथा प्रकाशन समिति, अतिथि सत्कार समिति, समारोह समिति, स्वयंसेवक परिचालन समिति, अनुगमन, खेल सामग्री, उपकरण तथा पोशाक व्यवस्थापन समिति र एन्टि डोपिङ समिति गठन भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment