
१२ भदौ, काठमाडौं । नयाँ बसपार्कको बिजी मलमा अनुगमनमा गएको सरकारी टोली ब्यापारीको घेराबन्दीमा परेको छ । दशैंको बेलाममा दुःख दिने नियतका साथ अनुगमन गरिएको भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका टोलीलाई ब्यापारीले मलभित्रै घेरेका हुन् ।
मलमा अनुगमन गरेर कारवाही कारवाही प्रक्रिया थालेलगत्तै सबै सटर बन्द गरेर ब्यापारी प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले सरकारी अनुगमन विरुद्ध नाराबाजी गरिरहेका छन् ।
टोलीले घेराबन्दीमा परेपछि प्रहरी र प्रशासनबाट सुरक्षा र सहयोग मागेको छ । घटनास्थलमा प्रहरी पनि पुगिसकेको छ । महानगरीय प्रहरी प्रभागका प्रहरी निरीक्षक सन्तोष दाहालले ब्यापारीको विरोधका बीचमा पनि अनुगमन चलिरहेको बताए । उनले टोलीले ब्यापारीलाई अनुगमनको उद्देश्य प्रष्ट पारेपछि अवस्था समान्य बनेको बताए ।
अघिल्लो हप्ता पनि रञ्जना गल्लीमा पनि अनुगमन टोली ब्यापारीको घेराउमा परेको थियो । दुई दिनअघि दरबारमार्गमा पनि अनुगमन टोली पुगेपछि सबै पसल बन्द गरिएका थिए ।
चाडबाडमा ठगी रोक्न भन्दै विभागले विभिन्न टोली बनाएर अनुगमन बढाएको छ । तर, विभागलाई जताततै ब्यापारीले असहयेाग गरेका छन् ।
प्रतिक्रिया 4