+
+
Shares

राष्ट्रपति सीको भ्रमणअघि निरीक्षणका लागि आयो चिनियाँ विमान

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १५ गते १५:०२

१५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण पूर्व परीक्षण उडानका लागि चिनियाँ जहाज काठमाडौंमा आएको छ ।

चीनबाट परीक्षण उडानका लागि आएको विमान दिउँसो १.३० मा काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएको छ ।

चीनबाट बोइङ ७४७-८०० विमान काठमाडौं उत्रिएको छ । ३ बजे विमान चीन फर्किने तालिका तय भएको छ ।

विमानस्थलको अवस्था निरीक्षण र परीक्षण गर्न विमान काठमाडौं आएको नेपाल नागरिक उड्ययन प्राधिकरण स्रोतले बताएको छ । ‘रन-वे र ट्याक्सी वेको परीक्षणका लागि विमान आएको हो,’ प्राधिकरणका एक अधिकारीले भने, ‘विमानस्थल वरपरको हवाई सुरक्षा लगायकतका विषयमा चिनियाँ टोलीले निरीक्षण गर्दैछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?