Comments Add Comment

‘हिजो आजका कुरा’ बन्ने, सन्तोष र रमाको जोडी पर्दामा

सन् १९९५ देखि २०१३ सम्म नेपाल टेलिभिजनमा प्रशारण भएको हाँस्य सिरियल ‘हिजो आजका कुरा’ हेरेर केही पुस्ता हुर्किए । टेलिभिजनको अगाडि यो सिरियल नहेर्ने जमात कमै मात्र थियो होला । तर, विविध कारणले यो सिरियल केही बर्ष अगाडिदेखि प्रशारण हुन छाडेको छ ।

तर, यो शोको नामलाई सापटी लिएर चलचित्र बन्ने भएको छ । चलचित्रको पर्दामा कलाकार सन्तोष पन्तका छोरा साकार पन्तले यो नाममा चलचित्र निर्देशन गर्न लागेका हुन् ।

यो चलचित्रको आज घोषणा भएको छ । कुनै न कुनै तरिकाले विदेशसँग सम्बन्ध राख्ने ४ परिवारको कथालाई यो चलचित्रले पर्दामा उठाउनेछ । पन्त फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा हाँस्य सिरियल ‘हिजो आजका कुरा’को मुख्य जोडी सन्तोष पन्त र रमा थपलिया नै मुख्य भूमिकामा देखिदैछन् । उनीहरुको साथमा चलचित्रमा नितेशराज पन्त, ऋचा शर्मा, केकी अधिकारी, रीमा विश्वकर्मा, जेबिका कार्कि, रमेश अधिकारी, सविन शाक्य, विनायक कुँइकेल, अनुष्का अधिकारीलाई देख्न सकिनेछ ।

चलचित्रमा सन्तोष पन्त र साकार पन्तको कथा, सन्दिप किस्नाको लेखन, रवि सायमीको छायांकन, हक्र्युलिस बस्नेतको गीत तथा संगीत रहनेछ । कात्तिकको तेश्रो हप्ताबाट चलचित्रको छायांकन सुरु हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment