Comments Add Comment

एमबीबीएस अध्ययनको शुल्क बढ्यो

१ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षा आयोगले एमबीबीएस (डाक्टर) अध्ययनको शूल्क बढाएको छ । अब काठमाडौं उपत्यकाभित्र ४० लाख २३ हजार २५० रुपैयाँ र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क कायम भएको छ ।

यसअघि उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार थियो । आर्थिक वर्ष २०७५ मा मुद्रास्फिति ४.५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनका आधारमा नयाँ शूल्क निर्धारण गरिएको आयोगले बताएको छ ।

यस्तै बीडीएस अध्ययन शूल्क २० लाख १९ हजार ५८० रुपैयाँ तोकिएको छ । यसअघि १९ लाख ३२ हजार ६१२ रुपैयाँ थियो । यो शुल्कको पहिलो एक तिहाई रकम पहिलो वर्ष र बाँकी बार्षिक रुपमा किस्ताबन्दीमा लिइनेछ ।

आयोगले एमबीबीएस अध्ययन शुल्कको एक तिहाई उपत्यकाभित्र १३ लाख ४१ हजार ८५ र बाहिर १४ लाख ७८ हजार ६७५ रुपैयाँ विश्वविद्यालयमा जम्मा गरी सबन्धित कलेजमा पठाउने व्यवस्था मिलाउन पनि भनेको छ ।

एमबीबीएस र बीडीएसबाहेक अरु कार्यक्रम र विदेशी विद्यार्थीहरुको शुल्कका लागि शुल्कांक र निर्धारणका आधार आयोगलाई जानकारी गराउने गरी तोकेर कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ भने आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सिट संख्या र शुल्क निर्धारण गर्न कार्यदल बनाउने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment