Comments Add Comment

तीन नेपाली चेली अन्तर्राष्ट्रिय युवा अवार्डबाट सम्मानित

२ कात्तिक, काठमाडौं । तीन नेपाली चेलीले भारतमा अन्तर्राष्ट्रिय युवा अवार्ड पाएका छन् । इन्टरनेसनल युथ फोरम एण्ड नेशनल युथ अवार्ड फेडेरेसन अफ इन्डियाले नेपाली चेलीहरु रेखा परियार, अरुणा हिङ्गमाङ्ग र पवित्रा गौलीलाई युवा अवार्डबाट सम्मान गरेको हो ।

परियार र गौली नेविसंघका नेता हुन् भने हिङ्गमाङ्ग सृजनात्मक महिला समूहकी अध्यक्ष हुन् । नेविसंघको पूर्वकेन्द्रीय सदस्यसमेत रहेकी परियारले अनाथ बालबालिकाहरुको लागि अनाथालय चलाउँदै आएकी छन् । उनले मानसिक रोगसम्बन्धी जनचेतना मुलक कार्यक्रम पनि गर्दै आएकी छन् ।

विद्यार्थी, बालबालिका, महिला, दलित र विकट क्षेत्रमा काम गर्दै आएकी परियारले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो कामको मूल्यांकन भएकोमा खुसी व्यक्त गर्दै समाजसेवा अझै सकृय हुने आत्मविश्वास बढेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment