Comments Add Comment

साधारण तारेखमा छुटे सांसद साह

१ कात्तिकक, जनकपुरधाम । जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद प्रमोदकुमार साह रिहा भएका छन् ।

जिल्ला अदालत धनुषाका न्यायाधीश तेजनारायण पौडेलको इजलासले साहलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । लगतै उनी रिहा भएका छन् ।

सोमबार जनकपुरबाट काठमाडौंको बुद्ध एयरको उडान ढिलो भएको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद साहले काउन्टरमा लात्ती हानेका थिए । उनीविरुद्ध उजुरी परेपछि मंगलबार ओखलढुंगा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर जनकपुर लगिएको थियो ।

सरकारी वकिल कार्यालयले साहविरुद्ध गैरसैनिक हवाई उडान ऐन २०१५ को दफा ९ (क) को आधारमा अपराध गरेको कारणले उनिमाथि पाँच वर्षदेखि दस वर्षसम्मको कैद सजायको मांगदाबीसहित जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

तर अदालतले विमानस्थलमा वादविवाद भएको भएको तर सरकारी वकिलको कार्यालयको मागदावी नपुगेको भन्दै साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment