१४ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
वर्षाले प्रभावित खेल निर्धारित समयभन्दा करिब चार घण्टा ढिलो सुरु भइरहेको छ । मैदान सुकाउन समय लागेका कारण खेल ५–५ ओभरको खेल हुने निर्णय भएको थियो ।
यसअघि खेल ७:४१ मा खेल सुरु हुने भनिएको थियो । तर, सुदूरपश्चिम रोयल्सले मैदानको अवस्थालाई देखाउँदै खेलाडीको सुरक्षा र बाउन्ड्री छोटो बनाएको विषयमा फरक मत राख्दै खेल खेल्न नमान्दा ढिलो हुन पुगेको थियो ।
लामो संवादपछि सुदूरपश्चिम खेल खेल्न तयार भएको हो ।
प्रतिक्रिया 4