+

धनगढी एफसी र काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्सको सहकार्य

२०८३ कात्तिक  १४ गते १२:३८ २०८३ कात्तिक १४ गते १२:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनगढी फुटबल क्लब र काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्स प्रालिबीच सहकार्य भई सुदूरपश्चिम स्पोर्ट्स भेन्चर्स कम्पनी स्थापना गरिएको छ ।
  • सम्झौताअनुसार डा. उपेन्द्र महतो अध्यक्ष, सुवास शाही सञ्चालक र अनुभव स्वाँर सिरोहिया कार्यकारी निर्देशक रहनेछन् ।
  • नयाँ कम्पनीअन्तर्गत धनगढी एफसीले नेपाल फुटबल लिगमा सहभागिता जनाउने र ग्रासरुट तथा महिला फुटबलमा लगानी गर्ने योजना बनाएको छ ।

१४ कात्तिक, काठमाडौं । धनगढी फुटबल क्लब (धनगढी एफसी) र काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्स प्रालिबीच सहकार्य भएको छ । दुई संस्थाले फुटबल, क्रिकेटलगायत खेलकुदका गतिविधि अघि बढाउने उद्देश्यले सुदूरपश्चिम स्पोर्ट्स भेन्चर्स कम्पनी स्थापना गरेका छन् ।

सहकार्यअनुसार धनगढी एफसीका अध्यक्ष तथा सञ्चालक सुवास शाही र काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सको समान लगानी रहनेछ । काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सको टोली काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्दै आएको छ ।

सम्झौताअनुसार डा. उपेन्द्र महतो सुदूरपश्चिम स्पोर्ट्स भेन्चर्सको अध्यक्ष, सुवास शाही सञ्चालक र अनुभव स्वाँर सिरोहिया कार्यकारी निर्देशक रहनेछन् । कम्पनीको बोर्डमा थप सदस्यसमेत समेट्दै जाने जनाइएको छ ।

नयाँ कम्पनीअन्तर्गत धनगढी एफसीले हालै घोषणा भएको नेपाल फुटबल लिगमा सहभागिता जनाउनेछ । साथै, ग्रासरुट र महिला फुटबलको विकासका लागि पनि लगानी गर्ने योजना रहेको छ ।

धनगढी एफसीले स्थापना भएको छ वर्षदेखि फ्रेन्चाइज मोडलमा सञ्चालन हुँदै आएको नेपाल सुपर लिग (एनएसएल) मा प्रतिस्पर्धा गर्दै आएको छ । टोलीले प्रतियोगिताका पहिलो दुई संस्करणमा फाइनल खेलेको थियो भने तेस्रो संस्करणमा प्लेअफसम्मको यात्रा तय गरेको थियो ।

धनगढी एफसीका सञ्चालक शाहीले नयाँ सहकार्यले नेपाली फुटबलमा लगानी भित्र्याउन सकारात्मक सन्देश दिने बताए । उनले यसले अन्य टोलीलाई पनि लगानी र सहकार्यका लागि प्रोत्साहित गर्ने विश्वास व्यक्त गरे । सहकार्यले सुदूरपश्चिमको पर्यटनसहित अन्य क्षेत्रको विकासमा समेत योगदान पुर्‍याउने उनको भनाइ छ ।

त्यस्तै, सुदूरपश्चिम स्पोर्ट्स भेन्चर्सका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहियाले काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सले क्रिकेटमा गर्दै आएको लगानीलाई अन्य खेलमा विस्तार गर्ने उद्देश्यले धनगढी एफसीसँग सहकार्य गरिएको बताए । नेपाली फुटबललाई थप लोकप्रिय बनाउने लक्ष्यसहित आफूहरू यस क्षेत्रमा जोडिएको उनले बताए ।

काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्स धनगढी फुटबल क्लब

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय