Comments Add Comment

प्रधानमन्त्री ओली भन्छन्- मलाई लखेटेर पदबाट हटाउन सम्भव छैन

२ कात्तिक, काठमाडौं । आजका सबै पत्रिकामा स्थानीय तहका जनप्रतिनिधिलाई पारिश्रमिक नदिन सर्वोच्च अदालतले आदेश दिएको समाचारले नै प्राथमिकता पाएको छ । संवैधानिक इजलासले स्थानीय तहका पदाधिकारीले पाउँदै आएको मासिक पारिश्रमिकसहितका सुविधा संविधानविपरीत भएको ठहर शुक्रबार गरेको थियो ।

कान्तिपुर दैनिकले प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता छापेको छ । अन्तर्वार्तामा ओलीले मलाई लखेटेर हटाउन सम्भव नभएको बताएका छन् । यसैलाई कान्तिपुरले मुख्य पृष्ठमा तानेको छ । ओलीले भनेका छन्, ‘अब मैले छोड्नलाई पनि समझदारी हुनुपर्छ होला । अहिल्यै छोड्ने, भरे नै छोड्नेजस्तो, लखेटेर हटाएजस्तो त होइन होला । मलाई लेखेटेर हटाउन सायद सम्भव पनि छैन होला ।’

अन्नपूर्ण पोष्ट दैनिकले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उक्लिन सफल रहेको निष्कर्ष बेइजिङले निकालेको समाचार छापेको छ ।

राजधानी दैनिकमा नेपाल स्काउटका तत्कालीन पदाधिकारी र खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिको मिलेमतोमा लैनचौरस्थित स्काउटका नाममा रहेको १६ रोपनी जग्गा अतिक्रमणमा परेको समाचार छ ।

नागरिक दैनिकले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरुले कमिसनको चक्करमा लागेर बिरामीहरुलाई प्रतिबन्धित फुड सप्लिमेन्ट सिफारिस गरेको समाचार छापेको छ ।

गोरखापत्र दैनिकमा पेट्रोलियम पाइपलाइनबाट चुहावट शून्य भएको र नेपाल आयल निगमको ढुवानीमा एक अर्ब बचत भएको समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment