+
+
Shares

काठमाडौंका २३ निर्माण सामाग्रीका डिपो सञ्चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १ गते १४:५४

१ कात्तिक, काठमाडौं । निर्माण सामाग्रीको परिणाम घटाएर ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंका २३ वटा इँटा, गिट्टी, बालुवा र ढुंगाको डिपो सञ्चालकलाई पक्राउ गरेको छ ।

अपराध महाशाखाको टोलीले काठमाडौंका विभिन्न ठाउँमा सञ्चालित डिपो सञ्चालकलाई पक्राउ गरेको हो ।

उनीहरुले मिनी ट्रकमा पाँच इन्चसम्मको फलामे र काठको बाकस बनाई बालुवा, गिटी, इँटा र ढु‌ंगाको परिणाम कम गरेर बेच्ने गरेका थिए । पक्राउ पर्नेमा गुण्डानाइके सुकबहादुर लामा (बाघे) समेत रहेका छन् । उनी जेबीएस सप्लायर्सका सञ्चालकसमेत हुन् ।

निर्माण सामग्री ढुवानी  गर्ने  गाडीमा उपभोक्ताले पत्तो नपाउने गरी बक्सको प्रयोग गरी घटी परिमाणको निर्माण सामग्री ढुवानी गरी उपभोक्ताले पत्तो नपाउने  गरी ठगी गरिरहेको भनी उपभोक्ता  हित स‌ंरक्षण मञ्चले दिएको उजुरीका आधारमा  महाशाखाले उनीहरुलाई  पक्राउ गरेको हो  ।

पक्राउ पर्नेहरुलाई शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो ।

पक्राउ पर्नेमा जय महालक्ष्मी सप्लायर्सका प्रकाश श्रेष्ठ, बज्र इन्टरप्राइजेज सप्लायर्सका वीरेन्द्र कुइँकेल, शिवशक्ति सप्लायर्सका अर्जुन भुजेल, गरिमा सप्लायर्सका दीपेन्द्र केसी, कामना इन्टरप्राइजेजका बद्री गिरी, शुभकामना सप्लायर्सका सुरेन्द्र केसी, खाडादेवी निर्माण सप्लायर्सका प्राकश भण्डारी, सेतीदेवी सप्लासर्यका राजु थापा, पञ्चेश्वर सप्लायर्सका महेश्वर श्रेष्ठ, धनेश्वर सप्लायर्सका सन्तोष कुँवर, श्रीभूमि सप्लासर्यका श्यामबहादुर मगर र नो नेम सप्लायर्सका पुष्कर थापा रहेका छन् ।

त्यसैगरी श्रीकाली भैरव सप्लायर्सका बुद्धिराज थापामगर, कुण्डला सप्लायर्सका मदन प्रधान, कालिका सप्लायर्सका तोपनारायण श्रेष्ठ, आर्कष सप्लायर्सका अर्जुन श्रेष्ठ, स्वयम्भू सप्लायर्सका कृष्णहरि नगरकोटी, महालक्ष्मी सप्लायर्सका मनोहर श्रेष्ठ, भ्याली क्वालिटी सप्लायर्सका जोगबहादुर तामाङ (विजय) गोारखाली सप्लायर्सका गोपाल भण्डारी, विज्ञान सप्लायर्सका सिंहबहादुर तामाङ र नवअरुण सप्लायर्सका रामकृष्ण श्रेष्ठ रहेका छन् ।

महाशाखाले ती सप्लायर्सका ३५ वटा सवारी साधन र चालकलाई पनि पक्राउ गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?